नीति तथा कार्यक्रम जेठ १० गते संसदमा पेश हुने

 

 

काठमाडौं । गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार संघीय संसदमा पेश हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराएका छन् ।

jutta mela

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।

You might also like

Comments are closed.