काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई नौ वटा बस प्रदान गरिएको छ ।
युरोपेली आयोग र ब्रिटिश काउन्सिलको सहकार्यमा ‘दक्षता’ नामक ‘टिभेट प्राक्टिकल पार्टनरसिप’ परियोजनाका प्रमुख एरिक विन्तर—श्मीटले परिषद्का सदस्यसचिव जीवनारायण काफ्लेलाई मंगलबार बस प्रदान गरे ।
प्रोत्साहन परियोजनाले सहयोग गरेका विद्यालयलाई ती बस हस्तान्तरण गरिएको जनाइएको छ । रासस
Comments are closed.