नेपाली बजारमा सर्बाधिक लोकप्रिय इभी बीवाईडीको मूल्य समायोजन

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीको करमा बृद्धि गरेपछि बिवाइडीको मूल्य पनि केही बृद्धिसहित समायोजन भएको हो ।

नयाँ मूल्य सूची अनुसार बीवाईडी एट्टो ३ एडभान्सको नयाँ मूल्य ५६ लाख ९० हजार, एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ कायम गरिएको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ बृद्धि भएको हो ।

jutta mela

बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजारबाट ४१ लाख १५ हजार रुपैयाँ पुर्याइएको छ । यसमा १ लाख ३५ हजाि रुपैयाँ मूल्य बृद्धि भएको छ ।

बीवाईडी सिलको तीन भेरियन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार, १ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यी तीन भेरियन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयााँ मूल्य मूल्य बढेको छ ।

साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त तथा वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपाली बजारमा सर्वाधिक लोकप्रिय ब्राण्ड बन्न बिवाइडी सफल छ ।

You might also like

Comments are closed.