होम आइसोलेशन कल सेन्टर सञ्चालनमा

कैलाली ।

जिल्ला प्रहरी कार्यालयले होम आइसोलेशनमा रहेका कोभिड –१९ सङ्क्रमितलाई लक्षित कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको समन्वयमा सङ्क्रमितलाई आवश्यक परामर्श तथा समन्वय गर्न कल सेन्टर सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार कल सेन्टरबाट आइसोलेशनमा रहेका सङ्क्रमितलाई आवश्यक पर्ने जानकारी दिइने छ ।

You might also like

Comments are closed.