क्यान महासंघको अध्यक्षमा अधिकारीको उम्मेदवारी घोषणा

काठमाडौं । क्यान महासंघको आगामी निर्वाचनका लागि अध्यक्षमा चिरञ्जिवी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

कार्यकाल सकिए पनि कोरोना कारण क्यानको कार्यकाल लम्बिएको थियो । आगामी महाधिवेशन मंसिरमा गर्ने क्यानको तयारी छ ।
बर्तमान कार्यसमितिमा केन्द्रीय सचिव रहेका अधिकारीले यस अगाडि केन्द्रीय सदस्यसमेत भएर काम गरिसकेका छन् ।

क्यान महासंघलाई रुपान्तरण गर्न, युवामैत्री बनाउन, सूचना तथा प्रविधि क्षेत्रको अभिभावीय छाता संगठन बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको अधिकारीले आर्थिक आवाजलाई बताए ।

युवा लक्षित कार्यक्रम ल्याउँदै नेपालमै रोजगारी सिर्जना गर्न आफू सक्रिय हुने उनको भनाइ छ ।

You might also like

Comments are closed.