स्याङ्जाको वालिङमा सिसी क्यामेरा जडान

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले बजारका मुख्य-मुख्य चोकमा सिसी क्यामेरा जडान गरेको छ ।

वालिङ नगरपालिकाको आर्थिक सहयोग, कालिका नेटवर्क प्रालिको फाइबर तथा प्राविधिक सहयोग र वडा प्रहरी कार्यालयको सहकार्यमा वालिङ बजारका मुख्य-मुख्य चोकमा सिसी क्यामेरा जडान गरिएका हुन् ।

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो ।

MANASLU

नगरपालिका मुख्य-मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ ।

वालिङ नगरपालिकाभित्रका मुख्य गरी सिद्धार्थ राजमार्गका मुख्य-मुख्य चोक, भित्री बजारका मुख्य–मुख्य चोक गरी भकुण्डेबाट त्रियासीसम्मका चोकमा सिसी क्यामेरा जडान गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । “वालिङ बजारलाई समेट्ने गरी सिसी क्यामेरा जडान गरिरहेका छौँ”, उनले भने ।

वडा प्रहरी कार्यालयमा २४सै घण्टा यसबाट निरीक्षण गर्न सकिने छ । कुनै घटना घटिहाले यसैको आधारमा अनुसन्धान थाल्न र संलग्नको खोजी गर्न मद्दत पुग्ने खतिवडाले बताए ।

यसअघि कुनै घटना घटेमा सङ्घसंस्था तथा व्यक्तिले राखेका सिसी क्यामेराको डाटा हेर्नुपर्ने बाध्यता थियो । मुख्य-मुख्य चोकमा सिसी क्यामेरा राखेर बजारलाई एकैपटक कार्यालयबाटै निरीक्षण गर्न सकिने भएपछि सम्भावित घटनामा कमी हुने र भइहालेमा पनि तत्कालै दोषीलाई नियन्त्रणमा लिन सकिने वडा प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...