काठमाडौं । विगत २५ वर्षदेखि गुणस्तरीय सेवा दिँदै आएको सेन्ट्रल फाइनान्स लिमिटेडले पर्साको वीरगञ्ज ८, लिंकरोडमा १७औँ शाखा संचालनमा ल्याएको छ ।
फाइनान्सले बुधबारबाट विरगञ्ज शाखा संचालनमा ल्याएको हो । सेन्ट्रल फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रूपमा परिचित रहेको छ ।
यस संस्थाको ललितपुरको कुपण्डोल कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयसहित काठमाडौंका चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल र भैरहवा, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी, झापाको बिर्तामोड गरी १६ वटा शाखा तथा भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।
त्यस्तै यस फाइनान्सले अब छिट्टै नै मोरङको विराटनगर र रौटहटको चन्द्रनिगाहपुरमा दुई नयाँ शाखा संचालनमा ल्याउन लागेको जनाएको छ ।फाइनान्सले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटिएम डेबिट कार्ड, चेक क्लियरिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सी–आास्वालगायतका आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।








Comments are closed.