पोखरा चेम्बरको अधिवेशनको तयारी तिव्र

 

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनको तयारी तिव्र पारिएको छ । अधिवेशन भदौ ५ गते शनिबार हुनेछ । चेम्बरको गत साउन १५ गतेको कार्य समितिको बैठकको निर्णय अनुसार अधिवेशन हुन लागेको हो । कोभिड १९को संक्रमणको कारण भर्चुअल विधिबाट उद्घाटन सत्र गरिने कार्यक्रम छ ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अधिवेशनबाट अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग, बस्तुगत, वाणिज्यतर्फका उपाध्यक्ष महासचिव, २ सचिव कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ११ पदाधिकारी, पोखरा महानगरबाट १ हरेक पालिकाबाट १/१ वडा इकाई १, प्रत्यक्ष निर्वाचनबाट १२, कर्पोरेट २, बस्तुगत ४ उद्योग २ गरी ३७ निर्वाचित हुने जानकारी दिए । चेम्बरको विधान अनुसार पछि ४जनालाई मनोनित गरिने छ ।

साधारण सभामा महासचिव उमराज बास्तोलाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर बस्नेतले आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । साधारण सभाले कोभिड १९ले निजी क्षेत्रमा पारेको प्रभाव लगायत विशेष प्रस्ताव पारित गर्ने छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.