चेम्बरको कार्यवहाक अध्यक्षमा ज्ञानबहादुर

 

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीको कार्यसमितिको बैठकले उद्योगतर्फका उपाध्यक्ष ज्ञानबहादुर नेपालीलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको छ ।

चेम्बरका अध्यक्ष किसान सुनार गण्डकी प्रदेश चेम्बरको अध्यक्षमा मनोनित भएपछि उपाध्यक्ष नेपालीलाई कार्यवहाक अध्यक्ष दिइएको हो । कार्यवहाक अध्यक्ष नेपालीले चेम्बरको तेश्रो साधारण सभा तथा प्रथम अधिवेशनसम्मको लागि काम गर्ने महासचिव उमराज बास्तोला जानकारी दिए । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सदस्य नेपाली सोही महासंघ कास्कीको पूर्व अध्यक्ष तथा सल्लाहकार हुन् । उनी पुर्ण फर्निचर उद्योगका सञ्चालक हुन् ।

कोभिड १९को फैलावट बढेको कारण पोखरा चेम्बर अफ कमर्स कास्कीको भदौ ५ गते हुने भनिएको तेश्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन स्थगित भएको छ ।

You might also like

Comments are closed.