गुरुङलाई ब्युटिसियन अवार्ड

काठमाडौं । ब्युटिसियन चिनु गुरुङलाई प्रथम महिला नेतृ मंगलादेवी सिंह ब्युटिसियन अवार्ड २०८२ प्रदान गरिएको छ ।

गोंगबु ब्युटिपार्लर ट्रेनिङ सेन्टरले सौन्दर्य क्षेत्रमा गुरुङले पुर्याएको योगदानको चर्चा गर्दै सो अवार्ड प्रदान गरेको हो । उनले बिगत ३ दशक देखि सौन्दर्य क्षेत्रको विकास, बेरोजगार जनशक्तिलाई रोजगारको अवसर दिलाउन तथा बिशेषगरी महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान दिदै आएकीछिन् ।

सौन्दर्यशास्त्रलाई विद्यालयस्तरमा समावेश गराउँदै तथा सौन्दर्य क्षेत्रलाई समाजमा स्थापित गराउन उनले पुर्याएको अतुलनिय योगदानलाई कदर गर्दै गुरुङलाई प्रथम नेपाल ब्युटिसियन अवार्ड २०८२ प्रदान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

You might also like

Comments are closed.