भरतपुर । चितवनमा आयोजित ‘प्रथम चितवन फुटवेयर एक्स्पो’मा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण देखिएको छ । चितवन प्रदर्शनी केन्द्र (टेलिकमको अगाडि) आयोजित एक्स्पोमा जुत्ता चप्पल खरिदमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको छ । स्वदेशी चर्चित ब्राण्डहरुको सहभागितामा आयोजना भएको उक्त एक्स्पोमा सबै उमेर समूहलाई लक्षित गरी एक हजार भन्दा बढी मोडलका जुत्ता चप्पल बिक्री तथा प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ ।
चितवन उद्योग संघ र नेपाल जुत्ता घरको आयोजनामा स्वदेशी जुत्ता चप्पलको प्रवर्द्धन गर्ने लक्ष्यसहित एक्स्पो आयोजना भएको हो । एक्स्पोमा बिएम डियरहिल/बिएफ स्पोर्टस्, शिखर सुज, क्रसरोड, फस्टवाल्क, सुल्याण्ड, रन सुज, भेनस, केटिएम सुज, सिल र हाइलाइफ ब्राण्डको सहभागिता छ । स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अबलोकन गराई आफ्ना उत्पादका बारेमा जानकारी गराउनु तथा स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न एक्स्पो आयोजना गरिएको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए ।
स्वदेशी जुत्ता चप्पलका चर्चित ब्राण्डहरुको सहभागितामा एक्स्पो आयोजना गरिएको हो । स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा जुत्ता चप्पल उपलब्ध गराउने लक्ष्यसहित एक्स्पो आयोजना गरिएको आयोजकको भनाइ छ । स्कुल सुज, कलेज सुज, स्पोर्टस सुज, पार्टी सुज लगायत ग्राहकको आवश्यकता अनुसारका सम्पूर्ण प्रकारका जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजक सुरज बन्जाडेले बताए । ‘मेलामा चितवन आसपासका क्षेत्रका सर्वसाधरणको आकर्षण देखिएको छ । आगामी दिनमा अवलोकनकर्ता तथा ग्राहकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’ सस्तो मूल्यमा राम्रो जुत्ता चप्पल खरिदको अवसर मिल्ने भएकाले चितवनबासी एक्स्पोबाट प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ ।
Comments are closed.