काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतको लागि आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको छ ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै घाईतेको शीघ्र स्वस्थ लाभका लागि कामना पनि गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्ण प्रति राहत पु¥याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको बैंकले जनाएको छ । अर्थ मन्त्रालय, सिंहदरबारमा सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेूलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट, र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको पनि उपस्थिति थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पु¥याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकले जनाएको छ । साथसाथै बैँकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर स्वास्थ्य शिवीर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदानगर्दै आएको छ ।
यस भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले तत्काल राहत पु¥याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका–५, नुवाकोटमा खाद्यान्न सामग्री जस्तै चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउ लगायतका सामग्रीे समेत सहयोग गरेको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ ईकाइबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।



Comments are closed.