काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाजुराको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित श्री विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका छन् । ती बालबालिकालाई न्यानो कपडा स्वीटर प्रदान गरिएको हो । विद्यालयमा अयोजित एक कार्यक्रमका बीच इ.सि.डी र कक्षा १ देखि १० सम्म अध्ययनरत २११ विद्यार्थीलाई बैंकले स्वीटर प्रदान गरेको हो ।
विकट हिमाली भेगका न्यून आयआर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइबाट १८ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Comments are closed.