काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका –१ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् ।
नयाँ शाखा सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाको संख्या २८ पुगेको छ । शाखा कार्यालयमा पूजापाठ गरी बैंकिङ कारोवारको शुरुवात गरिएको छ । प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा पुर्याउने क्रममा दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताए ।
सुविधा सम्पन्न यो शाखा मार्पmत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरु पहिलो वर्ष निःशुुल्क प्राप्त गर्न सकिनेछ । डि(म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।
नयाँ शाखा शुभारम्भको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९मा सञ्चालनमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयुटर र प्रिन्टर प्रमुख कार्यकारी अधिकृत पोखरेलले हस्तान्तरण गरेका हुन् । उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Comments are closed.