लायन्स मोडेल भिलेजलाई गण्डकी प्रदेश सरकारले सघाउने

 

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेज निर्माणमा गण्डकी प्रदेश सरकारले सघाउने भएको छ । डिष्ट्रिक्ट गर्भनर लायन विश्वेश्वर आचार्यले मंगलबार मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलसगँ भेट गरी लायन्सले यो वर्ष विभिन्न १४ जिल्लाका १४ गाउँमा मोडेल भिलेज बनाउने अभियान सुरु गरेकाले सो कार्यमा सहकार्य गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए ।

सो अवसरमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले लायन्सका विभिन्न सामाजिक गतिविधीलाई निहालिरहेको बताउदै लायन्सको मोडेल भिलेज बनाउने अभियानमा आबश्यक छलफल गरी गण्डकी प्रदेश सरकारले सघाउने बताए । सो अवसरमा माननीय मन्त्री विन्दु कुमार थापाले लायन्सका सेवाकार्यले समाजमा सकरात्मक प्रभाव पारेको बताउदै प्रदेश सरकारले आवश्यक स्थानमा सहकार्य गर्दै अघी बढ्ने बताए ।

मुख्यमन्त्री भेटघाट कार्यक्रममा डिष्ट्रिक्ट ३२५ वि १ नेपालका डिष्ट्रिक्ट गर्भनर लायन विश्वेश्वर आचार्य सहित पूर्व गर्भनर लायन ध्रुव थापा, क्याबिनेट सेक्रेटरी लायन दुर्गाप्रसाद हुमागाई, डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर लायन चण्डीप्रसाद अर्याल, डिपुटी डिर्पाटमेन्ट चिफ तथा मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोईरालाको उपस्थिती रहेको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.