प्रविधिमैत्री सेवामा जोड दिदै कोन सामुदायिक साकोस, मोबाइल बैंकिङ सेवा सार्वजनिक

पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था पोखराले मोबाइल बैकिङ एप सार्वजनिक गरेको छ । सदस्यहरूलाई अत्याधुनिक प्रविधिमा जोडेर वित्तीय कारोबार मोबाइलबाट गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्दै सहकारीले आइतबार एप सार्वजनिक गरेको हो ।

यो सेवा सुरु भएसँगै सहकारीका सदस्यहरुले घरमै बसेर कोन सामुदायिक साकोसको मोबाइल सेवा उपभोग गर्न सक्नेछन् । एमबैंकसँग सहकार्य गरी सहकारीले यो एप सार्वजनिक गरेको हो ।

पानी, विजुली, डिस होम, इन्टरनेट, हवाई टिकट, मोबाइल रिचार्ज, सहकारीबाट बैंकमा तथा बैंकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, अनलाइन रेमिटान्स लगायत अन्य थुप्रै सेवाहरू सजिलै उपभोग गर्न सकिनेछ ।

कास्की जिल्लाकै सबैभन्दा ठूलो सहकारी कोन सामुदायिक साकोस सदस्यको विश्वास र भरोषाको सहकारी भएको हुँदा सदस्यहरुलाई प्रविधिमा पनि अब्बल बनाएर प्रविधि मैत्री सहकारी बनाउनु आफ्नो लक्ष्य रहेको संस्थाका महाप्रवन्धक अपिल कोइराला बताउँछन् ।

सहकारी क्षेत्रमा कोन सामुदायिक साकोस नमुना साकोसको रुपमा लिन सकिन्छ । संचालक समितिको प्रत्यक्ष निगरानि अनुभवि र दक्ष कर्मचारीले गर्दा कोन सामुदायिक साकोस अव्वल सहकारी संस्था रहेको छ ।

सहकारीलाई प्रविधिमैत्री बनाउँदै लैजाने संस्थाका अध्यक्ष तीर्थबहादुर बस्नेतले बताए । ‘संस्थाको पाँच वर्षीय रणनीति योजना पनि निर्माणको तयारीमा छौं,’ उनले भने । सहकारीमा ४ हजार सदस्य आबद्ध छन् । २ अर्ब १० करोड रुपैयाँको वासलत रहेको छ ।

lcci
You might also like

Comments are closed.