पोखरा रोयल र चन्द्रागिरी साकोसका प्रतिनिधिबीच अन्तरक्रिया

पोखरा । नेपाली सहकारी अभियानका दुई उत्कृष्ठ संस्थाहरु कास्कीका पोखरा रोयल साकोस र काठामाडौंमा रहेको चन्द्रागिरी साकोसका प्रतिनिधीहरुबीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा रोयल साकोसको निमन्त्रणामा पोखरा आईपुगेका चन्द्रागिरी साकोसका समिति, उपसमिति र कर्मचारीहरुको प्रतिनिधीहरु र पोखरा रोयल साकोसका प्रतिनिधीहरुबीच दुई वटै संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौति, भावी रणनीतिका विषयमा छलफल भएको बताइएको छ । साथै सहकारी अभियानमा पु¥याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

कोभिड महामारीको समयदेखि भगिनी सम्वन्ध रहेका दुई संस्थाका अध्यक्षद्वय रुद्रकुमारी गुरुङ र योगेन्द्र कुमार कुँवरले संस्थाको गतिविधिलाई थप गतिशील, समयानूकूल, सदस्यमूखी र सहकारी अभियानमा योगदान दिने उद्देश्यका साथ १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि, प्रविधीमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यासहरुको आदानप्रदान र अनुशरण, बस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुबै संस्थाले दृढताका साथ लागिपर्ने अध्यक्षद्वयले प्रतिवद्धता व्यक्त गरे ।

अन्तरकृया कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले ‘एक्जिट प्लान इन कोअपरेटिभ’ र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले ‘ग्रोमिङ द कोअपरेटिभ लिडरसिप’ विषयमा प्रस्तुतीकरण राखेका थिए । सिईओद्वय गुरुङ र श्रेष्ठ नेफ्स्कूनद्वारा वार्षिक रुपमा प्रदान गर्ने साकोस अभियानको उत्कृष्ठ सिईओ पुरस्कार बिजेताहरु हुन् । गुरुङ वर्ष २०२४ र श्रेष्ठ वर्ष २०२३ मा उत्कृष्ठ सिईओको अवार्डबाट पुरस्कृत भएका थिए ।

पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसले संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैंकबाट सहकारी क्षेत्रका उत्कृष्ठ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका संस्थाहरु हुन् । हाल दुबै संस्थाहरु नेफस्कूनद्वारा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध छन् ।

 

lcci
You might also like

Comments are closed.