स्थानीय उत्पादनको बजारीकरण गर्दै सहकारी

दुल्लू । चामुण्डा विन्द्रासैनी नगरपालिका–२ मा रहेको सिर्जन चामुण्डामाई बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय उत्पादनलाई बजारीकरण गर्न थालेको छ । सहकारी संस्थाले २०७७ साउनदेखि कृषकले उत्पादन गरेको दूधलाई बजारीकरण शुरु गर्न थालेको हो ।

बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यले उत्पादन गरेका फलफूल, तरकारी, भटसमासलगायत जैविक वस्तुलाई बजारीकरण गरी स्थानीयस्तरका कृषकको आम्दानी बढाउन थालेको सहकारी संस्थाका अध्यक्ष भीमबहादुर रावतले बताए । ‘‘हामीले पहिलो चरणमा दुग्ध विकास कार्यक्रम सञ्चालनमा ल्यायौं । कृषकबाट दूध प्रतिलिटर ६० रूपैयाँले खरीद गरी प्रदेश राजधानी सुर्खेतमा पठाउन गरेका छौँ, भटमास, केराउ, तरकारीसमेत निर्यात गछौँ’’, अध्यक्ष रावतले भने ।

सहकारीमा ५० जना कृषकले दूध बिक्री गर्ने गर्दछन् । सहकारीले दूध मात्रै नभई स्थानीयस्तरमा उत्पादन गरेका नगदेबाली, फलफूललगायतका कृषिजन्य वस्तुको बजारको बजारीकरण गरेको स्थानीयवासी बताउँछन् । सहकारीले बोइलर दाना उद्योग, मसला उद्योग र अल्लो प्रशोधन उद्योग सञ्चालनमा ल्याउने तयारीसमेत थालेको छ । सहरकारीले नै स्थानीय उत्पादनको बजारीकरण गर्न थालेपछि कृषकले आफू उत्पादित वस्तु बिक्री हुँदैनन् कि भन्ने चिन्ता हटेको चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले बताए ।

सहकारी नाफामुखी नभई सेवामूलक भएकाले किसानलाई बचत तथा ऋणमा मात्रै नभई आयआर्जन क्रियाकलापमा पनि सरिक गराइएको छ । किसानलाई अनुदान, प्रोत्साहन र तालीमजस्ता क्रियाकलापमा पनि संलग्न गराइने बताउँदै स्थानीय, प्रदेश र सङ्घ सरकारले सडक, कृषबस्तु सङ्कलन केन्द्र स्थापनाका लागि स्थानीय सरकार लागिपरेको प्रमुख शाहीको भनाइ छ । सहकारीले सरकार, बजार र किसानबीच पुलको काम गरी नागरिकलाई आयआर्जन र व्यवसायमा सहज ल्याउन भूमिका खेल्ने संस्थाका सचिव रवीन्द्र कँडेलले बताए ।
कृषकलाई भैँसी वितरण

सहकारीले कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पशु सेवा कार्यालयबाट रु एक करोड, चामुण्डाबिन्द्रासैनी नगरपालिकाको रु ३० लाख र सहकारीको रु ३० लाख गरी रु एक करोड ६० लाखमा एक सय जना कृषकलाई भँैसी वितरण गरेको छ ।

एक जना कृषक बराबर रु एक लाख रकमको भँैसी वितरण गरिएको संस्थाका व्यवस्थापक चीनबहादुर खत्रीले जानकारी दिए । कृषकले स्थानीयस्तरमा उत्पादन गरेका चिजबस्तु आफ्नै गाडीमा निर्यात हुन्छ, उनले भने,“चामुण्डा माध्यमिक विद्यालयले कृषि प्राविधिक उत्पादन गर्छ ।” सहकारीले बाँझो जमीन भाडामा लिएर कृषक र कृषि प्राविधिक जमीनमार्फत उत्पादनमा जोड्ने लक्ष्य रहेको छ ।

उद्योग सञ्चालन हुँदा स्थानीयवासीले रोजगारी पाउने छन् । यसले गर्दा रोजगारीका लागि भारत जानुपर्ने वाध्यतामा कमी आउने उनको भनाइ छ । सहकारीले थालेको यो अभियानमा कृषक पनि निकै उत्साहित बनेका छन् ।

सहकारीले कृषकले उत्पादन गरेका बस्तुको बजार व्यवस्थापन गरिदिए अधिकांश कृषकले व्यावसायिक रुपमा कृषितिर लाग्ने पौडेलको बुझाइ छ । पौडेल मात्र होइनन् चामुण्डाबिन्द्रासैनी–३ का तिलक तिमिल्सिनाले दूध बिक्रीबाट मासिक रु नौ हजार कमाउने गरेको जानकारी दिए ।

chhala jutta mela

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...