काठमाडौं । विराटनगर महानगरपालिकाले किसान समूह तथा कृषिमा आधारित सहकारी संस्थालाई मकैको बीउ वितरण गरेको छ ।
क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला-बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको हो ।
महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको थियो।
महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीमा वितरणका लागि एक हजार एक सय ७६ केजी मकैको बीउ र आठ हजार केजी जिंक उपलब्ध गराएको थियो ।
बीउ र जिङ्क वितरण गर्दै महानगरप्रमुख प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गरे । उनले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताए ।वडा नं १९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने अपेक्षा गरे ।








Comments are closed.