सुदूरपश्चिममा कोरोना सक्रंमित बढ्न थाले

डोटी । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय संक्रमितको सङ्ख्या १ सय ६२ पुगेको हो ।

छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा संक्रमण देखिन थालेको बताइएको छ । भारतमा संक्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि संक्रमण दर बढेको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ संक्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एकजना सक्रिय संक्रमित छन् ।

jutta mela

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ ।

You might also like

Comments are closed.