दक्षिण कोरियामा कोरोनाको दैनिक संक्रमित अहिलेसम्मकै बढी

सोल (रासस/सिन्ह्वा) । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा ८ हजार ५ सय ७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ ।

यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ । (रासस/सिन्ह्वा)

You might also like

Comments are closed.