भारतमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड नाघेको बुधबार जनाइएको छ ।

बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९ सय १४ जना नयाँ संक्रमित भएपछि कुल संक्रमितको संख्या चार करोड ८५ हजार १ सय १६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसै अवधीमा कोरोना संक्रमणबाट ६ सय ६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १ सय २७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । (रासस/सिन्ह्वा)

You might also like

Comments are closed.