नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३ सय ५६ जना नयाँ संक्रमित भएका हुन् ।
सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २ सय १७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २ सय ७९ पुगेको छ ।
नयाँ संक्रमितहरुको सङ्ख्या निकै कम हुदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या आठ लाख ९२ हजार ८ सय २८ पुगेको छ ।
सोही अवधिमा एक लाख ७२ हजार २ सय ११ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८ सय ६९ पुगेको छ । (रासस/एएनआई)
Comments are closed.