नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमण शुरुभएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।
सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ९८८ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाहरुको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड १८ लाख ४३ हजार ४४६ जना संक्रमण मुक्त भएका छन् ।
अधिकारीहरुका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या तीन लाख ७० हजार २४० रहेको छ । गत २४ घण्टामा मात्र ५२ जना ८८७ जना सक्रिय संक्रमित घटेका पनि समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा ५१४ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख ९ हजार ८२७ जनाको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।
Comments are closed.