भारतमा १६ हजार जना नयाँ संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

सोही अवधिमा संक्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितको सङ्ख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना संक्रमण मुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय संक्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ । पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय संक्रमित घटेका समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । यससँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)

You might also like

Comments are closed.