पाकिस्तानमा ७ सय ६५ जना कोरोनाका नयाँ संक्रमित, २२ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा मंगलबार कोरोनाका थप ७ सय ६५ जना संक्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना संक्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९ सय ८६ जनालाई कोरोना संक्रमण देखा परेको छ । ती मध्ये १४ लाख ४५ हजार २ सय ४५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल पाकिस्तानमा ९ सय ८१ जना गम्भीर बिरामीसहित ३५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणको कारण थप २२ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोेनाबाट ज्यान गुमाउनेको सख्या ३० हजार २ सय १८ पुगेको छ ।पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो ।

यहाँ पाँच लाख ६८ हजार ६ सय ३५ कोरोना संक्रमण भएको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा पाँच लाख एक हजार ७ सय ५८ कोरोना संक्रमण भएको समाचारमा जनाइएको छ ।

You might also like

Comments are closed.