थप १ सय २७ जनामा संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ८ सय ७४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७७ हजार १ सय ९९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ४ सय ५७ रहेको छ । पछिल्लो समय थप ३ सय २१ सङ्क्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार ४ सय ८८ पुगेको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ४१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको छ ।

त्यसैगरी पछिल्लो समय ३५ हजार ७ सय ८८ ले खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या सात हजार ७ सय ७० रहेका छन् । हाल होम आइसोलेसनमा सात हजार ५ सय ८० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा १ सय ९० आइसीयुमा ६८ र भेन्टीलेटरमा १० जनाले उपचार गराइरहेका छन् ।

You might also like

Comments are closed.