नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण थप दुई हजार ८ सय ७६ जना संक्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितहरुको सङ्ख्या चार करोड २९ लाख ९८ हजार ९ सय ३८ पुगेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ३२ हजार ८ सय ११ मात्रै रहेको जनाएको छ ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण पाँच लाख १६ हजार ७२ जनाको मृत्यु भएको छ । ती मध्ये ९८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
सोही अवधिमा तीन हजार ८ सय ८४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २४ लाख ५० हजार ५५ पुगेको छ ।
Comments are closed.