चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका संक्रमित बढ्दै

सोल । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ ।

कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप संक्रमण भएको बताइएको छ ।

यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ । योसँगै यहाँका संक्रमितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा संक्रमण देखिने गरेको छ ।

MANASLU

बुधबार रातिसम्म यहाँ एक हजार नौ सय ८७ जना संक्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो । तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा संक्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ । दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृत्युदर भने कम रहेको छ । यहाँ अहिलेसम्म यो भाइरसबाट दुई हजार एक सय ४४ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...