बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या ७० लाख

लन्डन । बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या ७० लाख पुगेको छ ।

कोरोना भाइरसको संक्रमण शुरु भएदेखिको संख्या मङ्गलबार ७० लाख पुगेको हो ।

बेलायतमा हिजोमात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी संक्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।

यसैगरी यहाँ गएको २४ घन्टामा ४१ हजार नयाँ संक्रमित थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हालैका दिनहरुमा कोरोनाकै कारण निधन हुने व्यक्तिको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

यहाँ यो भाइरसबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको निधन भइसकेको छ । यहाँ पछिल्लो समयमा लकडाउन खुला गरिएको र त्यसपछि पनि भाइरसको संक्रमण बढ्दै गएको पाइएको छ ।

You might also like

Comments are closed.

Skip1