भारतमा एकै दिन आठ हजार ७ सय ७४ जना कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७ सय ७४ जना संक्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना संक्रमणबाट ६ सय २१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५ सय ५४ जनाको मृत्यु भएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको सङ्ख्या एक लाख ५ हजार ६ सय ९१ रहेको जनाइएको छ । सक्रिय संक्रमितको यो संख्या ५ सय ४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८ सय ६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भारतमा अहिलेसम्म संक्रमण मुक्ति भएकाको संख्या तीन करोड ३९ लाख ७७ हजार ८ सय ३० जना रहेको मन्त्रालयले जनाएको छ । हिजो शनिबार ९ हजार ४ सय ८१ जना व्यक्ति कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना मुक्ति दर कूल संक्रमितको ९८.३३ प्रतिशत पुगेको छ । कोरोना संक्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ । यसैसँगै भारतमा कोरोना शुरुभएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस संक्रमणबाट निको भएको जनाइएको छ ।

यहाँ हालसम्म ६४ करोड भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।

You might also like

Comments are closed.