कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालि बालुवाटार काठमाडौंमा छुट पाउने भएका छन् । छुट सम्बन्धी बैंक र क्लिनिक बीच सम्झौता गरिएको छ ।

क्लिनिकबाट प्रदान गरिंदै आएका सेवामा ग्राहकलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, म्यामोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डप्लर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोप्यान्टोमोग्राम (ओपीजी) र कोन बीम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत देखि १० प्रतिशत सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको यस बैंकले वित्तीय साक्षरता प्रवद्र्धन, देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । अबका दिनमा सरल तथा उत्कृष्ट सेवाका लागि काम गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.