भारतमा थप ३५ हजार जना भन्दा धेरै संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको कुल सङ्ख्या घटेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका संक्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ । भारतमा कोरोनाभाइरसबाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतीय चिकित्सा अनुसन्धान परिषदले अहिलेसम्म भारतमा ४५ करोड २९ लाख ३९ हजार ५४५ ओटा स्वाब परीक्षण गरिएको छ । पछिल्लो एक दिनमा भने १६ लाख ६८ हजार ५६१ जनाको कोरोना परीक्षण गरिएको परिषदले जनाएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.३६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

jutta mela

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । ती मध्ये ३३ करोड ३९ लाख ४५ हजार १५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु आठ करोड ९४ लाख ७१ हजार ८७९ जनाले दुवै खोप लगाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४२३ जनालाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ ।

You might also like

Comments are closed.