अमेरिकाका १ करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

काठमाडौं । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् ।

यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ । ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ ।

यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ । जसअनुसार यहाँ गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो ।

MANASLU

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ । अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ ।

सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको संक्रमण देखिएको जनाएको हो । अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ । सिन्ह्वा

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...