११ हजार परीक्षण गर्दा एक हजार ५७० संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको बुलेटिनमा ११ हजार ३६५ परीक्षण गर्दा एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या ४० हजार १११ पुगेको छ । पछिल्लो समय ६ हजार १४६ जना भाइरस संक्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख १५ हजार ४८९ पुगेको छ ।

संक्रमणबाट आज १३ जनाको निधन भएको छ । हालसम्म ११ हजार ८२७ जनाको संक्रमणका कारणले निधन भएकोे छ । यस्तै ५०० भन्दा बढी संक्रमण भएको जिल्ला १३ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, बाके, रुपन्देही, र कैलाली रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका १७ जिल्ला रहेका छन् ।

ती जिल्लामा सिराहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, मकवानपुर, धादिङ, नुवाकोट, नवलपरासी पूर्व, स्याङजा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ र कञ्चनपुर रहेका छन् । शून्य सङ्क्रमित भएको एक मात्र जिल्ला मनाङ रहेको छ । हाल होम आइसोलेशनमा ३८ हजार ८८३, संस्थागत आइसोलेशनमा एक हजार २२८, सघन उपचार कक्षमा २५५ र भेन्टिलेटरमा ४२ जनाको उपचार हुँदैछ ।

आज एक लाख ७८ हजार ५७९ जनाले खोप लगाएका छन् । यस्तै यस अवधिमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज ६ लाख २९ हजार २४१ मात्रा लगाइएको छ ।

 

lcci
You might also like

Comments are closed.