नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
सोही अवधिमा कोरोना संक्रमणको कारण १ सय ४२ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरुभएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार ३ सय ८८ को मृत्यु भएको जनाइएको छ ।
भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या ७२ हजार १ सय ५२ रहेको सङ्घीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या कूल संक्रमितको ०.१८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
भारतमा गत २४ घण्टामा १४ हजार ९ सय ४७ कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ५३ हजार ६ सय २० कोरोना मुक्त भएका समाचारमा जनाइएको छ । कोरोना निको भएको यो दर ९८.६२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म भारतमा एक अर्ब ७८ करोड भन्दा बढी कोरोनाविरुद्ध खोपको डोज लगाइएको समाचारमा जनाइएको छ ।
Comments are closed.