काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १५ हजार ४ सय ३८ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १२ लाख ६९ हजार ६ सय ५ परीक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ८९ हजार ८ सय ४० संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.