किन दिनकै बढ्दै छ डलरको भाउ ?

काठमाडौं ।  विहीबार डलरको को भाउ बढेको छ । डलरको भाउले दिनप्रतिदिन रेकर्ड कायम गर्दै गएको छ ।नेपाल राष्ट्र बैंकको अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ४४ पैसा पुगेको छ ।यो हालसम्मकै उच्च दर हो ।

बुधबार १२४ रुपैयाँ ४१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको अमेरिकि डलर बिहीबार पुनः बढेर अर्को रेकर्ड कायम गरेको छ ।रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्दै गएको हो ।

रुस र युक्रेनको युद्धका कारण भारतीय रुपैयाँ कमजोर भएको छ । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो ।

डलर महंगिएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ। नेपालीले १ डलर साट्नको लागि १२४ रुपैयाँ ४४ पैसा खर्च गर्नु पर्ने भएको छ ।

You might also like

Comments are closed.