दराज नेपालको छैठौं विक्रेता सम्मेलनमा उत्कृष्ट विक्रेता सम्मानित

काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले आफ्नो विक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको छ ।

“ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ“ नाराका साथ आयोजान गरिएको कार्यक्रममार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको छ ।

प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिए । दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिन सम्म ल्याइपुर्याउनमा विक्रेताको मुख्य भूमिका रहेको बताइन् ।

कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले इ–कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिको बारेमा जानकारी दिए ।

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेतालाई सम्मान गरिएको छ । दराज नेपाल विक्रेतालाई साथ—समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले, ई–कमर्स क्षेत्रमा सफल हुन आफ्ना विक्रेतालाई आवश्यक उपकरण तथा अवसरहरू प्रदान गर्न निरन्तर लागिरहेको छ ।

दराज गु्रपका बारेमाः
पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नेपाल र म्यान्मारमा सञ्चालनमा रहेको दराज, सन् २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । दराजले ६ लाख ५० हजार भन्दा बढी सक्रिय विक्रेतालाई उच्चस्तरीय बजार प्रविधिहरू प्रदान गर्दै, ५० करोड जनसंख्या रहेको यस क्षेत्रमा उपभोक्ता वर्ग सम्म सहज पहुँच पु¥याउन सघाइरहेको छ ।

दराज एक्स्प्रेस र दराज पे मार्फत, दराजले आफ्ना बजारमा अत्यन्त प्रभावकारी र डिजिटलाइज्ड ढुवानी तथा भुक्तानी पूर्वाधार सञ्चालन गरिरहेको छ । सन् २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा उपलब्ध गराउँदै दक्षिण एसियाकै प्रमुख ई–कमर्स प्लेटफर्म बन्न दराजको उद्देश्य रहेको छ ।

 

 

 

 

 

 

 

 

 

lcci
You might also like

Comments are closed.