प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २ सय जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागसुझाव प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आएको थिए । उनलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गरेका थिए।

You might also like

Comments are closed.