पुस्तकालय दिवसमा राहत वितरण

लेखनाथ । १४ औं पुस्तकालय दिवसको अवसर पारेर दिप शिखा सामुदायिक पुस्तकालय पोखरा २९ र रिड नेपालको सहयोगमा राहत वितरण गरेको छ ।

सवल समाजको आधार सार्वजनिक पुस्तकालयको बिकास र विस्तार भन्ने मुल नाराका साथ कोभिड –१९ प्रतिकार्य परियोजना अन्तर्गत दैनिक गुजारा चलाउन नसक्ने गरिव तथा असक्तहरुलाई खाद्य सामग्री वितरण गरिएको हो ।

पुस्तकालयले पढ्ने र पढाउने मात्र होईन गरिव तथा असक्त दिर्घरोगीको जिविकोपार्जनका लागि सहयोग पनि गर्छ भन्ने भावनका साथ संचालन गरिएको राहत वितरण कार्यक्रममा मृगौला,मुटु,पक्षयघात तथा शारिरिक अपाङ्गता भएका १२ जनालाई सहयोग गरेको हो ।

कार्यक्रममा वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले राज्यले दैनिक गुजार चलाउन नसक्ने र जिवन यापनका लागि मजदुरी समेत गर्न नसक्ने समुदायको लागि सहयोग गर्दै आएको विचार राखेका थिए ।

दिप शिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दिपकमणि भण्डारीले स्वागत र कार्यलय प्रमुख धनमाया पाहारीले कार्यक्रम संचालन गरेकी थिईन ।

यसैविच पुस्तकालय दिवस कै अवसर पारेर मंगलवार वडा नं २९ को शहरी स्वास्थ्य केन्द्रमा परिसरमा हात धुने स्टायन सहितको पानी टंकी राखिएको थियो भने सोमवार स्वास्थ्य जनचेतनाका लागि पुस्तकालय परिसरमा सरसफाई र वाटोमा मास्क नलगाई हिडेकालाई मास्क वितरण गरिएको थियो ।

You might also like

Comments are closed.