काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुुमा पुगेको अमेरिकी डलरको मूल्य शुक्रबार भने भिनो अंकले घटेको छ । यद्पी डलरको भाउको अग्रता कायमै रहेको छ । विश्व बजारमा डलरको मूल्य बढेसँगै नेपाली मुद्रा विश्वबजारमा कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राविनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
त्यस्तै, शुक्रबार युरोपियन युरो एकको खरिद मूल्य १२९रुपैयाँ ५७ पैसा र बिक्रीमा १३० रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३२ पैसा र बिक्री दर ८३ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा र बिक्री दर ९६ रुपैयाँ ७०पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर आज १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा तोकिएको छ।साथै कुवेती दिनार एकको खरिद दर ४२५रुपैयाँ ३६पैसा र बिक्री दर ४२७ रुपैयाँ ४९पैसा, बहराइन दिनार एकको खरिद दर ३५० रुपैयाँ ४५पैसा र बिक्रीदर ३५२रुपैयाँ ०४पैसा तोकिएको छ।
त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १५ पैसाँ र बिक्री दर ३५ रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिद मूल्य ३५रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ३६रुपैयाँ १२ पैसा, मलेसियन रिंगिट एकको खरिद मूल्य२७ रुपैयाँ ९४पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ०७ पैसा राष्ट्र बैंकले तोकेको छ।
जापानी रियाल १० को खरिद मूल्य ८ रुपैयाँ ८२ पैेसा र बिक्री मूल्य ८ रुपैयाँ ८६ पैसा, चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २८पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा, हङ्कङ डलर एकको खरिद मूल्य १६ रुपैयाँ ८३पैसा र बिक्री मूल्य १६ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
विहीबारको भन्दा अधिकांश देशको मुद्रा विनिमय दरमा केही पैसा घटेको देखिन्छ । तर पछिल्लो समयमा डलरको मूल्यले जुन छलान मारेको छ यसले नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने र देशको अर्थतन्त्रमा नकरात्मक असर पर्ने देखिन्छ ।
Comments are closed.