आज कुन देशको कति छ विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको मुद्रा विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्रीमा १३१ रुपैयाँ रहेको छ ।

आइतबार युरोपियन युरो एकको खरिद दर १३५ रुपैयाँ ५७ पैसा र बिक्री दर १३६ रुपैयाँ १९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८७ रुपैयाँ ८२ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९९ पैसा र सिङ्गापुरे डलर एकको खरिदमूल्य ९४ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९५ रुपैयाँ २७ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यस्तै, आइतबार साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९ पैसा र बिक्री मूल्य २९ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ १९ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ २७ पैसा, र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ८० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८४ पैसा कायम रहेको छ । आइतबार अमेरिकी डलर शुक्रबार भन्दा बढेको छ ।

अमेरिकी डलर लगातार विश्वबजारमा बढेर १३३ भन्दा बढी पुगेको अमेरिकी डलर घटेर १२९ रुपैयाँमा पुगेको थियो । अहिले फेरि दैनिक जसो बढीरहेको छ । जति अमेरिकी डलर महंगो हुँदै जान्छ विश्वबजार तथा नेपालमा महंगीले नेटो काट्छ भने नेपालबाट बाहिरिने रकम बढ्दो हुन्छ जसको कारण नेपालको अर्थतन्त्र कम्जोर बन्न पुग्छ ।

You might also like

Comments are closed.