के आज तपाई विदेशी पैसा साट्दै हुनुहुन्छ ? यस्तो छ शुक्रबारको मुद्रा विनिमयदर !

सुनिता सुबेदी , काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।बैंकले शुक्रबार सार्वजनिक गरेको मुद्रा विनिमय अनुसार अमेरिकी एक डलरको खरिद दर १३० रूपैयाँ २५ पैसा र बिक्री दर १३० रूपैयाँ ८५पैसा कायम भएको जनाएको छ ।

आज डलरको मूल्य स्थिर रहेको छ । पछिल्लो समयमा डलरको भाउ त्यति घट्न सकेको छैन् ।जसको कारण नेपालको ऋण दिनप्रतिदिन बढ्दै गईरहेको छ । अहिले नेपालमा प्रतिव्यक्तिको टाउकोमा ६८ हजार ७५५ रुपैयाँ पर्न ऋण पर्न आउँछ । जति डलर बलियो बन्दै जान्छ त्यतिनै नेपाली पैसा विश्वबजारमा कमजोर हुँदै जान्छ फलस्वरुप नेपालको ऋण बढ्दो हुन्छ । नेपालले आयोजना निर्माणका लागि थुप्रै दातृ राष्टसँग ऋण लिएको छ । सो ऋणको ब्याज डलरमा तिर्नु पर्ने हुँन्छ र डलरको मूल्य घट्न नसक्दा मोटो रकम नेपालबाहिर गइरहेकाे छ ।

त्यस्तै, आज १ युरोको खरिद दर १४१ रूपैयाँ ९५ पैसा र बिक्री दर १४२ रूपैयाँ ६१ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ९२ रूपैयाँ ५९पैसा र बिक्री दर ९३ रूपैयाँ ०३ पैसा राष्ट्र बैंकले कायम गरेको छ । आज युरो केही पैसा बढ्को छ भने अष्ट्रेलियन डलरमा केही पैसा कमी आएको छ ।

jutta mela

यस्तै, शुक्रबार जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ३ पैसाँ र बिक्री मूल्य १० रुपैयाँ ०८ पैसा, साउदी अरेवियन रियालको खरिद दर ३४ रूपैयाँ ७०पैसा र बिक्री दर ३४ रूपैयाँ ८६पैसा, कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा र मलेसियन रिंगिट एकको खरिद दर ३० रूपैयाँ ६८ पैसा र बिक्री दर ३० रूपैयाँ ८६ पैसा राष्ट्र बैंकले तोकेको छ ।

यसरी सम्रगमा हेर्दा आज केही देशको मुद्रा विनिमयदर बढ्दो छ भने केही देशको मूद्रा विनिमयदर घट्दो देखिन्छ । विदेशी पैसा बढ्को कारण पछिल्लो समयमा नेपाली बजारमा चरम महंगि बढेको छ । बजारमा खाद्य बस्तुलगायत सम्पूर्ण बस्तुको मूल्य बढेकाे । जसको कारण आमजनताले महंगिको मार खेप्नु परेको छ । नेपाल कुनै पनि उत्पादनमा आत्मनिर्भरता हुन सकेको छैन् । जसको कारण दैनिक उपभोग्य बस्तुपनि अरु देशबाट आयात गर्नु पर्छ । विदेशी मुद्रा बढ्दा नेपालमा ल्याउने सामग्रीहरु स्वतह महंगो हुन्छ ।त्यस्तै, अहिले नेपालमा सुनको मूल्यमा पनि बृद्धि भई दिनकै नयाँ रेकर्ड काम गरिरहेको छ ।

नेपालमा पछिल्लो समयमा दैनिक उपभोग्य सामग्रीदेखि सुनसम्म महंगो भएको छ । जसको कारण मंहगिले आमजनताको ढाड सेकिएको अवस्थामा सरकारले महंगि नियन्त्रण गर्न कुनै पनि उचित कदम चालेको पाइदैनन् । सरकार यतिबेला जनताको समस्या समाधान गर्न भन्दा पनि राजनीति खिचातानि र भागवण्डामा नै केन्द्रीत रहेको देखिन्छ । भन्सार विभागले सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनामा ७ खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको वस्तु आयात भएको छ । ६ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ ।उक्त ६ महिनामा ८० अर्ब ८० करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ ।

नेपालको निर्यात भन्दा आयात बढी देखिन्छ जसको कारण देशको अर्थतन्त्रमा नकरात्मक असर परिरहेको छ जसको कारण हो विदेशी पैसा बढ्नु । यद्पी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने बताउँदै आएका छन् ।

अधिकारीले निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको तर नेपालको अर्थतन्त्र कमजोर हुनु बाह्य समस्या नै भएको बताउदै आएका छन् ।सरकारले बजारमा देखिएकाे समस्या समाधान गर्नुपर्ने जरुरी देखिन्छ ।

यस्तो छ आजको मुद्रा विनिमयदर

 

You might also like

Comments are closed.