काठमाडौं । नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बंकले बैँकले सोमबार सार्वजनिक गरेको मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर १३० रूपैयाँ ८५ पैसा र बिक्री दर १३१ रूपैयाँ ४५पैसा रहेको छ । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आइतबार पनि अमेरिकी डलरको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार युरो एकको खरिद मूल्य १३९ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य १३९ रूपैयाँ ७८ पैसा, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा, बेलायती पाउण्ड एकको खरिदमूल्य १५७ रूपैयाँ ५६पैसा र बिक्रीमूल्य १५८रूपैयाँ २९ पैसा, अष्ट्रेलियन डलरको खरिद दर ८८ रूपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९८पैसा राष्ट्र बैंकले कायम गरेको छ । आइतबारको तुलनामा युरो र अष्ट्रेलियन डलर, बेलायती पाउण्डको मूल्य बढेको छ ।
यस्तै, सोमबार जापानिज येन १० को खरिद मूल्य ९ रुपैयाँ ६३ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६७ पैसा , साउदी अरेवियन रियालको खरिददर ३४ रूपैयाँ ८६पैसा र बिक्री दर ३५ रूपैयाँ ०२ पैसा , कतारी रियाल एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८९ पैसा र मलेसियन रिंगिट एकको खरिद दर २९ रूपैयाँ २३ पैसा र बिक्री दर २९ रूपैयाँ ३७ पैसा राष्ट्र बैंकले तोकेको छ ।हिजोको तुलनामा सोमबार केही देशको पैसाको मूल्य घटेको छ भने केही देशको पैसाको मूल्य बढ्नुको साथै केही देशको पैसा स्थिर रहेको छ ।
Comments are closed.