इसेवा वालेटमा रहेको पैसा एनआईसी एशिया बैंकको एटिएमबाट सजिलै निकाल्न मिल्ने

काठमाडौं । इसेवाले देशको अर्थतन्त्रलाई नै रुपान्तरण गरेर डिजिटल बनाएसँगै नगद बोकेर हिड्ने झन्झटबाट मुक्त बनाएको छ । अहिलेको डिजिटल युगमा नेपालमा पनि धेरैजसो आर्थिक कारोबार डिजिटल माध्यमबाटै गर्न सक्छौं ।

तर अझै पनि केही स्थान र मानिसहरु यस सेवाबाट अनविज्ञ छन्, जसका कारण डिजिटल भुक्तानीको सुविधा नभएका पसलमा भुक्तानी गर्नहोस् वा उपहार, पुजा पाठ, दानदक्षिणा गर्न हाम्रो नेपाली समाजमा नगदको आवश्यकता कतै न कतै परिरहन्छ । यस्तै अवस्थामा नगद चाहिएको खण्डमा पनि प्रयोगकर्तालाई सहजता प्रदान गर्न इसेवाले आफ्नो एटिएम निकासी सेवा विस्तार गरेको छ ।

अब इसेवा प्रयोगकर्ताले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटिएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् । यसअघि एभरेष्ट बैंक मार्फत प्रदान गर्दै आएको यो सुविधा इसेवाले हालै एनआईसी एशियामा पनि बिस्तार गरेको छ । एटिएम निकासी गर्ने प्रक्रिया २ चरणको रहेको छ ।

पहिलो चरणमा इसेवा प्रयोगकर्ताले आफ्नो इसेवा एपमा गई ओपीटी प्रक्रिया पूरा गर्नुपर्नेछ भने दोस्रो चरणमा नजिकैको एनआईसी एशिया बैंकको एटिएम मेसिनमा गएर रकम निकाल्ने प्रक्रिया पूरा गर्नुपर्नेछ । पहिलो चरणमा प्रयोगकर्ताले इसेवाको वित्तीय सेवाभित्र रहेको एटिएम निकासीमा गई एनआईसी एशिया बैंक छनौट गरेर आवश्यक विवरण राखेर प्रक्रिया पूरा गर्नुपर्नेछ ।

प्रक्रिया पूरा भएपछि इसेवामा दर्ता गरिएको मोबाइल नम्बरमा ओटीएम आउनेछ, जुन प्रयोगकर्ताले ओटीएम टर्मिनलमा पुष्टि गर्नुपर्छ । यसरी मोबाइल नम्बर र ओपीटी सहितका विवरणहरू एटिएम मेसिनमा प्रमाणीकरण भएपछि मात्र प्रयोगकर्ताले नगद निकाल्न सक्नेछन् । यसरी रकम निकाल्न दुई सजिला चरणहरु पार गरेर ओपीटी जस्ता विवरणहरु पनि पुष्टि गनुपर्ने भएकोले यो प्रक्रिया सहजसँगै सुरक्षित पनि रहेको इसेवाका रणनीतिक बैंकिङ तथा वित्तीय समाधान प्रमुख हेम घिमिरेले बताएका छन् ।

इसेवाबारे :
इसेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । मोबाइल तथा इन्टरनेट बैंकिङको सफ्टवेयर प्रदायक कम्पनीमा नेपालकै अग्रणी स्थानमा रहेको F1Soft International  एक सहायक कम्पनीको रुपमा सुरु भएको इसेवाले सन् २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको इसेवा, शहरी केन्द्रमा मात्र सीमित नभएर हाल यस कम्पनीको उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालय र ३ वटा सम्पर्क कार्यालय अवस्थित रहेको छ ।

मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खाता नविकरण, ब्लूबुक नविकरण, इन्स्योरेन्स लगायतका २ हजार भन्दा बढी सेवाको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिङक सुविधा दिदै आएको छ ।

 

 

You might also like

Comments are closed.