इक्यान स्थापनाको रजत वर्ष, वर्षैभरी विभिन्न कार्यक्रम गरिने

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरुको आबद्धमा स्थापना भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) स्थापनाको २४ वर्ष पुरा भएर २५ वर्ष प्रवेश भएको छ । इक्यान स्थापनाको २५औं स्थापना दिवस तथा रजत वर्षको प्रवेशको अवसरमा संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कोभिडका कारणले भर्चुअल कार्यक्रममार्फत शुभकामना आदानप्रदान गरी रजत वर्षको सुरुवात गर्न लागिएको अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । देशभर रहेका इक्यानका शाखाहरुले भर्चुअल कार्यक्रमसहित शुभकामना आदानप्रदान तथा राहत वितरण लगायतका कार्यक्रम तय गरेका छन् ।

रजत वर्ष भएकाले वर्ष भरी विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले आर्थिक आवाजलाई जानकारी दिए ।

You might also like

Comments are closed.