इक्यान मेम्बरहरुले सत्यतथ्य जानकारी तथा परामर्श प्रदान गर्छन्

भवनाथ हुमागाईं, प्रथम सचिव, इक्यान

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सदस्य संस्थाहरुबाट परामर्श लिन विद्यार्थीहरुलाई आग्रह गर्दै आइरहेको छ । यसैक्रममा इक्यानले काठमाडौंमा १५औं संस्करणको शैक्षिक मेलासमेत सञ्चालन गर्दैछ । मेलाको पूर्व सन्ध्यामा इक्यानका प्रथम सचिव भवनाथ हुमागाईंलाई हामीले इक्यानमा आबद्ध शैक्षिक संस्थाहरुबाटै किन परामर्श लिने ? भनेर प्रश्न गरेका छौं । हुमागाईंसँग गरिएको संक्षिप्त कुराकानीको सार :

विद्यार्थीले परामर्शका लागि इक्यानमा आबद्ध मेम्बरहरु नै किन रोज्ने ?

इक्यानका मेम्बरहरुको आफ्नै कोड अफ कन्डक्ट छ । इक्यान मेम्बरहरुले विद्यार्थी तथा अभिभावकलाई सत्यतथ्य जानकारी तथा परामर्श प्रदान गर्छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले इक्यानमा आबद्ध परामर्शदातृ संस्थाबाट परामर्श लिँदा सही सूचना पाउछन् । छात्रबृत्ती लगायतका अन्य अवसर पनि बढी प्राप्त हुन सक्छन् । हाम्रा काउन्सिलरहरु तालिम प्राप्त छन् । टिआइटिआईबाट सर्टिफाइड भएका दक्ष काउन्सिलरले सत्यतथ्य परामर्श प्रदान गर्छन् ।

इक्यानमा आबद्ध संस्थाहरुको प्रत्यक्ष अनुमगन इक्यानले गर्छ ?

इक्यान आबद्ध सदस्य संस्थाहरुलाई इक्यानले सधैं नजिकबाट हेरिरहेको हुन्छ । इक्यानको अनुशासन विभाग छ । कुनै कन्सल्टेन्सीहरुले गलत गरेको जानकारी पाएमा इक्यानले त्यसलाई नजिकबाट अनुगमन गर्छ, र गल्ती गरेको लागेमा कारबाहीका लागि सरकारलाई सिफारिससमेत गर्छ । यसकारण इक्यान सदस्यहरु अनुशासनमा पनि बाँधिएका हुन्छन् । उनीहरु आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति सचेत छन् । उनीहरुको कामको जिम्मा इक्यानले लिन्छ ।

jutta mela

देशभर इक्यानमा कति मेम्बर आबद्ध छन् ?

इक्यानमा देशभर करिब ६५० इक्यान मेम्बर छन् । विद्यार्थीले आफूलाई पायक पर्ने जुनसुकै ठाउँका कन्सल्टेन्सीमा गएर परामर्श लिन सक्छन् ।

इक्यानले मेला पनि आयोजना गर्दैछ । इक्यान शैक्षिक मेलामा विद्यार्थीहरु किन सहभागी हुने ?

इक्यानको आयोजनामा काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा १५औं संस्करणको शैक्षिक मेला असोज १६ गते बुधबार हुँदैछ । मेलामा इक्यानमा आबद्ध विभिन्न कन्सल्टेन्सीहरुले स्टल राखेका छन् । एउटै छानामुनी धेरै देशका धेरै कलेज तथा युनिभर्सिटीका बारेमा विद्यार्थीले सत्यतथ्य जानकारी तथा परामर्श लिन पाउने अवसर मेलामा मिल्नेछ ।

You might also like

Comments are closed.