बूढानीलकण्ठमा भौतिकरूपमै पढाइ

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णय अनुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै संचालन भएका हुन् ।

काभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा संचालन गर्न नगरपालिकाले अनुरोध गरेको हो ।

jutta mela

विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ ।

सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय संचालन भए/नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.