विश्वका धनाढ्य व्यक्ति मस्कद्वारा ट्विटर खरिद

काठमाडौं । विश्वका सबैभन्दा धनाढ्य एवम् टेस्ला कम्पनीका मालिक इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गरेका छन् ।

उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर खरिद गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरे लगत्तै सीईओ पराग अग्रवालसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् ।

यस्तै, मस्कले ट्विटरमा चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे, सल्लाहकार सिन एजेडलाई पनि बर्खास्त गरेको बीबीसीले जनाएको छ ।

केही समयअघि मस्कले ट्विटर खरिद सम्झौताबाट बाहिरिन खोजेका थिए । उनको कदमविरुद्ध अदालतमा मुद्दा दायर भएपछि अदालतले मस्कलाई आजसम्मको समय दिएको थियो । सन् २००६ मा स्थापना भएको ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि मस्कले अब चरो स्वतन्त्र भयो भन्दै प्रतिक्रिया दिएका छन् ।

You might also like

Comments are closed.